३.१ बीउ बिजन सम्बन्धी नीति निर्धारण गरी कार्यान्वयन गर्न र बीउ बिजन सम्बन्धी विषयमा नेपाल सरकारलाई आवश्यक परामर्श दिन एक राष्ट्रिय बीउ बिजन समितिको गठन हुनेछ ।
३.२ समितिमा देहायका अध्यक्ष तथा सदस्य रहनेछन् –
“३.२.१ सचिव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अध्यक्ष”
३.२.२ महानिर्देशक, कृषि विभाग – सदस्य
३.२.२क. प्रदेश-मन्त्रालयका सचिवहरु मध्येबाट समितिको बैठकमा छलफल हुने विषयसँग सम्बन्धित प्रदेश मन्त्रालयका सचिव - सदस्य
३.२.३ कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् – सदस्य
३.२.४ प्रबन्ध सञ्चालक, कृषि सामग्री कम्पनी लिमिटेड
३.२.५ महाप्रबन्धक, कृषि विकास बैङ्क – सदस्य
३.२.६ .....
३.२.७ बागवानी, खाद्यान्न, घाँसेबाली विज्ञानसँग सम्बन्धित विषयविज्ञ मध्येबाट कम्तीमा एकजना महिला सहित मन्त्रालयद्वारा मनोनीत तीनजना - सदस्य
३.२.८ कृषि तथा शु विज्ञान विषयमा अध्ययन अध्यापन गराउने विश्वविद्यालयमध्येबाट मन्त्रालयले तोकेको विश्वविद्यालयको कम्तीमा सहप्राध्यापकस्तरको बीज विशेषज्ञ एकजना - सदस्य
३.२.९ नेपाल सरकारद्वारा मनोनीत बीउ बिजन उद्यमीहरूमध्येबाट एकजना महिला सहित दुईजना – सदस्य
३.२.१० नेपाल सरकारद्वारा मनोनीत बीउ बिजन उत्पादक र कृषकमध्ये कम्तीमा एकजना महिला सहित दुईजना – सदस्य
३.२.११ प्रमुख, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र – सदस्य–सचिव
३.३ खण्ड ३.२.७, ३.२.९ र ३.२.१० बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
३.४ उपदफा ३.३ मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा ३.२.७, ३.२.९ र ३.२.१० बमोजिम मनोनीत सदस्यलाई निजको पदावधि पूरा नहुँदै नेपाल सरकारले हटाउन सक्नेछ ।
३.५ खण्ड ३.२.७, ३.२.९ र ३.२.१०- बमोजिमका सदस्य मनोनयन गर्दा समावेशी सिद्धान्तको आधारमा गर्नु पर्नेछ ।
३.६ समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।